आइतबार, भदौ ३०, २०८१

मन्त्रिपरिषद्काे बैठक बस्दै, प्रहरी प्रमुख नियुक्ति गर्ने

नेपालखोज २०७९ वैशाख १८ गते ९:२१

काठमाडाैं । मन्त्रिपरिषद्को  बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ ।

दुबै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

प्रतिक्रिया