बिहीबार, जेठ ३, २०८१

सुनचाँदीकै मूल्य सामान्य घट्याे

नेपालखोज २०७९ वैशाख १८ गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि २ सय रूपैयाँले घटेकाे छ । आज तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज २० रूपैयाँले घटेकाे छ । आज चाँदी १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया