आईपीएल टी-ट्वन्टी क्रिकेट : दिल्लीलाई हराउँदै लखनउ दोस्रो स्थानमा उक्लियो
नेपालखोज
२०७९ वैशाख १८ गते २०:४८
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आज भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । मुम्बईमा भएको खेलमा लखनउले दिल्लीलाई ६ रनले हरायो ।
लखनउले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेट गुमाएर एक सय ८९ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए भने अक्षर पटेलले नटआउट ४२ रन बनाए । बलिङतर्फ लखनउका मोहसिन खानले चार विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले केएल राहुलको ७७ र दीपक हुडाको ५२ रनको मदतमा एक सय ९५ रन बनाएको थियो । बलिङतर्फ दिल्लीका शार्दुल ठाकुरले तीन विकेट लिए ।
जितसँगै लखनउ १० खेलमा १४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली भने आठ अंकसहित छैटौँ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया