मंगलबार, असोज १, २०८१

कुमारी बैंकले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुर्‍यायो

नेपालखोज २०७९ वैशाख १९ गते २२:००

काठमाडौं । कुमारी बैंक लिमिटेडले ग्राहकहरूको सेवा-सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्‍याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पुर्‍याउने कार्य सम्पन्न गरेको छ ।

नेपालको विकट स्थानमा रहेको गोरखाको चुम्नुब्री क्षेत्रमा सडकको पहुँच छैन जसका कारणले ७० वर्षभन्दा माथिका बृद्ध-बृद्धाहरूले आफ्नो बृद्धभत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई देखि तीन दिनको बाटो हिँड्नुपर्ने कष्टलाई मध्यनजर गरेर कुमारी बैंक लिमिटेडले काठमाडौंदेखि चुम्नुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पुर्‍याउने कार्य सम्पन्न गरेको हो । यही वैशाख १५ गते कुमारी बैंकका व्यापार समन्वय विभागका प्रमुख, रोहित सिंहको नेतृत्वमा गएको तीन जनाको टोलीले वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगद पुर्‍याउने कार्य गरेको थियो ।


गोरखाको चुम्नुब्रीमा नै आयोजित कार्यक्रममा सिंहले भने, ‘आफ्ना ग्राहकहरूका लागि हामीले चौर्तर्फीरूपमा सेवा-सुविधा पुगोस् भनीे सो आयोजना गरेका छौं । आगामीदिनमा यसरी सहयोग पुर्‍याउने कार्यक्रमलाई हामीले निरन्तरता समेत दिने छौं ।’

आफ्ना देशव्यापी १९७ शाखा-संजाल, १७७ एटीएम, ४२ शाखारहित बैंकिङ इकाई तथा १६ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवाविस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया