प्रेस तथा अभिव्यक्ति स्तन्त्रता लोकतन्त्रको आधारस्तम्भ : सभामुख
नेपालखोज
२०७९ वैशाख २० गते ६:२१
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको बताएका छन् ।
‘प्रेसजगत्को यो भूमिकाको खुला हृदयले प्रशंसा गर्छु । नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु, उनले भने ।
सभामुख सापकोटाले संघीय संसद्को नेतृत्वका हिसाबले आफू सधैँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया