शनिबार, जेठ ५, २०८१

राष्ट्रिय सेफ दिवसका अवसरमा ‘खाना महोत्सव’

नेपालखोज २०७९ वैशाख २० गते ८:३५

काठमाडाैं । सेफ्स एसाेसिएसन अफ नेपालले राष्ट्रिय सेफ दिवसका अवसरमा ‘खाना महोत्सव’ गर्ने भएको छ । ‘खानामा शुद्धता तथा स्वास्थ्यमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ एसाेसिएसनले आगामी यही वैशाख २२ गते बिहीबार सेफ्स एसाेसिएसन अफ नेपालको केन्द्रीय कार्यालय सामाखुशीमा खाना महोत्सव आयोजना गर्न लागेको हो ।

एसाेसिएसनका अध्यक्ष श्याम लामाले राष्ट्रिय सेफ दिवसका अवसर पारेर नेपाली मौलिक खानाका साथै जातीय खानालाई पस्कन लागेको जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपाली मौलिक खानाका साथै नेवारी तथा चौधरी खाना र इलामको चिया राखिनेछ ।

नेपाली खानाको प्रवद्र्धन गर्दै आएको सेफ्स एशोसिएशन नेपालले सोही दिन आफ्नो २८औँ स्थापना दिवसको अवसर पारेर अग्रज एवं वरिष्ठ सेफहरूलाई समेत सम्मान गर्ने भएको छ । स्थापना दिवसकै अवसर पारेर सेफ्स एसाेसिएसन अफ नेपालले खाद्य स्वच्छता र ऐन–नियमबारे पाँचदिने निःशुल्क कक्षा सञ्चालन गरेको अध्यक्ष लामाले बताए ।

विसं २०५३ वैशाख २२ गते स्थापना भएको एशोसिएशनमा हाल देशभर एक हजार ४८५ सदस्य आवद्ध छन् । उक्त एसाेसिएसनले हाल चितवन र पोखरामा समेत आफ्नो शाखा स्थापना गरेर नेपाली परम्परागत मौलिक खानालाई पस्कँदै आएको छ ।

प्रतिक्रिया