बिहीबार, जेठ ३, २०८१

अभिनेता भुवन र अभिनेत्री श्वेता कांग्रेसमा प्रवेश

नेपालखोज २०७९ वैशाख २० गते १२:०२

काठमाडौं । नेपाली फिल्मका दुई कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का आज कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच केसी र खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई अभिनेता नीर शाहले कांग्रेस प्रवेश गराउन सहयोग गरेका थिए ।

यसअघि स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीले भुवन केसीलाई काठमाडौंको मेयर उठाउने निर्णय गरेको थियो । तर केसीले नउठ्ने बताएका थिए । काठमाडौंको मेयर बन्ने लाइनमा केसी पनि रहेको चर्चा चलेको थियो । तर उनको उम्मेद्‍वारी परेन् । उनले अब कांग्रेसबाट राजनीतिक सुरु गरेका छन् । भुवन केसी नेपाली फिल्म जगतमा चर्चित नाम हो ।

प्रतिक्रिया