शनिबार, जेठ ५, २०८१

बिजबजारको भारी छुट, २० मा बिजसहितको क्याम्पियन

नेपालखोज २०७९ वैशाख २० गते १५:१२

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले २०७९ साल वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते २० मा बिज नामक सञ्चालन गर्ने क्याम्पियनअन्तर्गतको वैशाख महिनाको क्याम्पियन मंगलबार राति १२ बजेबाट लाइभ भएको छ ।

यो क्याम्पिययनमा सेवाग्राहीले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्किड्र मार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीले विभिन्न २० प्रकारका उपहार (१ उपहार प्रतिसेवाग्राही) प्राप्त गर्नेछन् । त्यसै गरी सो क्याम्पियनअन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुटसहितका रहस्यमय सामानहरूको फ्ल्यास सेल पनि सञ्चालन हुनेछ ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पियन प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ, साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुटसमेत प्रदान गरिरहेको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिज बजार अनलाइन सपिङ एप डाउनलोड गर्न सकिनेछ ।

प्रतिक्रिया