सिटीलाई रियलले हरायाे
नेपालखोज
२०७९ वैशाख २२ गते ८:२७

काठमाडाैं । स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा ४–३ गोलको अग्रता बनाएको सिटीले दोस्रो लेगमा ३–१ गोलले पराजित हुन पुग्यो । समग्रमा रियल ६–५ गोल अन्तरका साथ फाइनलमा पुगेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औँ मिनेटमा रियाद महारेजले गोल गरेपछि इंग्लिस क्लब सिटीले अग्रता दिलाएको थियो ।
तर, दोस्रो हाफको निर्धारित समयको अन्तिम मिनेटमा रोड्रिगोले करिम बेन्जिमाको पासमा गोल गरेपछि रियलले १–१ को बराबरी गरेको थियो । लगत्तै उनै बेन्जिमाले मार्को असेन्सियोको पासमा अर्को गोल गरेपछि खेल समग्रमा पनि बराबर भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया