शुक्रबार, वैशाख १४, २०८१

ओलीले सुदूरपश्चिमको चुनावी सभालाई सम्बोधन गर्दै

नेपालखोज २०७९ वैशाख २२ गते १०:०१

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुदूरपश्चिमको चुनावी सभालाई सम्बोधन गर्दै छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर कैलाली र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन् ।

ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने र कैलालीको धनगढीमा अपरान्ह ४ बजेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया