सत्ता गठबन्धनका शीर्ष नेताले सभा गर्न लागेको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा पर्यो

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताले चितवनमा सम्बोधन गर्ने भनिएको भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । सभाका लागि बुधबार तयार पारिएको मञ्च र टेन्टहरू बिहिबार बिहान परेको पानीले डुबानमा परेका छन् ।
सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । सत्ता गठबन्धनले संयुक्त चुनावीसभा गर्न लागेको गाउँ डुबानमा परेपछि विकल्पबारे खोजि भइरहेको बताइएको छ ।
रातभरजसो परेको पानीले चुनावी सभास्थल भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र डुबानमा परेको हो ।सभाका तयार पारिएको मञ्च र टेन्टहरु भएको ठाउँ पनि जलमग्न भएको छ भने झण्डा पनि हावाले उडाएर यत्रतत्र पुर्याएको छ ।
अहिले जलमग्न उक्त क्षेत्रमा जेनेरेटरको प्रयोगले पानी फाल्ने काम सुरु भएको छ भने वैकल्पिक स्थानको समेत व्यवस्थापनको तयारी भइरहेको छ ।

प्रतिक्रिया