विश्व स्वास्थ्य संगठन भन्छ- कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो
कोपनहेगन । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ । त्यसैगरी पछिल्लो समयमा आएर युक्रेन पनि यही समस्याका रुपमा थपिएको भन्दै यी दुई समस्याले दशौँ लाख मानिसलाई मानसिक स्वास्थ्यको समस्या देखा परेको सो संगठनले जनाएको छ ।
सो संगठनका युरोप क्षेत्रका निर्देशक हान्स क्लुगले सो कुरा बताएका हुन् । उनले अनुसन्धानबाट यस्तो समस्या देखिएको भन्दै युक्रेनमाथिको हमलाले युक्रेनका नागरिक मात्र नभएर द्वन्द्वका रुपमा यसको असर अन्यत्र पनि परेको उनले बताए ।
रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेन र यसका छिमेकी देशहरुमा मानसिक स्वास्थ्यको परामर्श तथा औषधि खपतमा पनि वृद्धि भएको उनले बताए । रासस/सिन्ह्वा
प्रतिक्रिया