आइतबार, भदौ ३०, २०८१

३७ अंकले नेप्से घट्दा एक अर्ब ६५ करोडको कारोबार

नेपालखोज २०७९ वैशाख २२ गते १५:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि नेप्से घटेरै रोकिएको छ । अघिल्लो दिन ३१ दशमलव ७६ अंकले घटेको नेप्से आज पनि ३७ दशमलव छ अंकले घटेर २२ सय ३८ दशमलव ६२ अंकमा झरेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३४ अंकले घटेर चार सय ३२ दशमलव ५५ अंकमा पुगेको छ । दुई सय ३२ कम्पनीको ३४ हजार दुई सय ६० पटकको कारोबारमा ४६ लाख ७४ हजार नौ सय ४० कित्ता सेयर खरिद–बिक्री भएका छन् । सोही खरिद–बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार चार सय ७३ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटै समूहहरूको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १६ अंकले घटेर १५ सय ३४ दशमलव ७१ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ८८ दशमलव ४४ अंकले घटेर ३८ सय २६ दशमलव १२ अंकमा झरेको छ । जलविद्युत् समूहको सूचक पनि ६६ दशमलव ८१ अंकले घटेर २४ सय ४९ दशमलव ७६ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक पनि दुई सय ६५ दशमलव ४२ अंकले घटेर १० हजार ६ दशमलव १६ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय ६० दशमलव १५ अंकले घटेर ११ हजार सात सय ४४ दशमलव ७९ अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पयर्टन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १५ सय २० रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य सात दशमलव १३ प्रतिशतले घटेर तीन सय ४५ रुपैयाँ ४० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता पाँच सय ८२ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ४५ लाख ८७ हजारा दुई सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया