केपी ओलीले ‘सगरमाथामा धान फलाउने’ सम्मको गफ दिन्छन् : राजेन्द्र श्रेष्ठ
भरतपुर । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘कुरौटेको शिरोमणि’ को संज्ञा दिएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले एमालेलाई भोट दिनु भनेको बिरालोलाई दूध कुर्न राखेझैं हुने बताए ।
ओलीले म्वाइँ खाएपनि विष लाग्ने उनले बताएका छन् । उनले भने, ‘एमालेलाई भोट दिनु भनेको दूध कुर्न बिरालो राखेजस्तो हो । केपी ओलीलाई जिम्मा दिँदा संविधान, लोकतन्त्र र संघियता खान खोजेकोले हामीले गठबन्धन गरेका हौं ।’
श्रेष्ठले अझैं पनि केहीले केपी ओलीलाई आइ लभ यु केपी बा भन्ने गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले संघीयता लोकतन्त्र र संविधान खाने कुचेष्टा गरेको भन्दै त्यसबाट बचाउन वर्तमान सत्ता गठबन्धन बनेको बताए । उनले भने, ‘केपी ओलीले संविधान, लोकतन्त्र र संघीयता खान खोजेकाले यो गठबन्धन बनाउन बाध्य भयौं । यो गठबन्धन बनेपछि जनताको लहर बढेको छ । तर कतिपय मानिस अझै भ्रममा छन् । उनीहरु भन्छन्- आइ लभ यु केपी बा भन्छन् ।’
उनले ओलीलाई सर्पसँग तुलना गर्दै भने, ‘सर्पले दुध खाएपनि विष लाग्छ, ओलीले म्वाई खाएपनि विष लाग्छ ।’ उनले चितवनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्दै यो देशको कायापलटका लागि पनि गठबन्धनको विकल्प नभएको बताए । गएको ५ वर्षमा भरतपुरको विकास हेर्दा रेणु दाहालको नेतृत्वमा विकासमा कायापलट हुन्छ भन्ने पुष्टि भएको बताए ।
उनले केही युवाहरु अझै भ्रममा परेर ‘केपी बा आई लभ यू’ भन्ने गरेको भन्दै भ्रमबाट मुक्त हुन आग्रह गरे ।
उनले केही युवाहरु अझै भ्रममा परेर ‘केपी बा आई लभ यू’ भन्ने गरेको भन्दै भ्रमबाट मुक्त हुन आग्रह गरे । उनले भने, ‘कतिपय युवाहरू भ्रममा छन् । आई लभ यू केपी बा भन्छन् । सर्पले दूध खाएपनि विष लाग्छ, केपीले म्वाइँ खाएपनि विष लाग्छ । प्रतिगमनविरोध जहर , संघियता र संविधानविरोधी जहर केपी ओलीले खुवाइरहेका छन् । त्यसलाई चिर्नुपर्नेछ ।’
ओलीले अवसर पाउँदा काम नगरेको तर परिआए ‘सगरमाथामा धान फलाउने’ सम्मको गफ दिने गरेको श्रेष्ठको आरोप छ । भरतपुर मात्रै नभएर देशैभरी दीर्घकालीन गठबन्धन आवश्यक रहेकोमा श्रेष्ठले जोड दिए ।
प्रतिक्रिया