स्वास्थ सुविधा अभावमा ४५ प्रतिशतको मृत्यु

काठमाडौं । कोरोना महामारीसँग संसारको लडाइँ अहिले पनि जारी छ । भारतमा पनि यो रोगको गहिरो प्रभाव देखियो । कोरोना महामारीका क्रममा स्वास्थ्य सुविधाको अभावमा भारतमा निकै मानिसको ज्यान गयो । २०२० का लागि भारतीय नागरिक पञ्जीकरण प्रणाली (सीआरएस) डाटाबाट एउटा आश्चर्यजनक तथ्य बाहिर आएको छ । यो तथ्यांकअनुसार महामारीका दौरान दर्ता गरिएका मृत्युमध्ये ४५ प्रतिशतभन्दा बढि मृत्यु पर्याप्त स्वास्थ सुविधाको अभावमा भएको थियो । यो तथ्यांकले २०२० मा भारतको अस्पताल तथा अन्य चिकित्सा सुविधामा देखिएको कमजोरीलाई दर्शाउँछ ।
भनिन्छ २०२० मा भारतमा ८१.१६ लाख मानिसको मृत्यु भएको थियो जसमध्ये ४५ प्रतिशतले कुनै स्वास्थ सुविधा उपभोग गर्न पाएका थिएनन् । महामारीका बेला स्वास्थ सुविधामा सबैको पहुँच नपुग्नु आफैंमा दुखद र चिन्ताको विषय हो । २०२० मा पहिलोपटक कोरोना महामारी उत्कर्षमा पुग्दा गैर-कोभिड मेडिकल सेवा या त निलम्बित गरिए वा यसमा धेरै कम ध्यान दिइयो । त्यतिबेला भारतका अस्पतालहरुमा ८० देखि शत-प्रतिशत बेड कोभिडका बिमारिका लागि आरक्षित गरिएको थियो । त्यसको परिणामस्वरुप ठूलो संख्याका गैर कोभिड बिरामीले चिकित्सकीय रेखदेख प्राप्त गर्न सकेनन् ।
मेडिकल सुविधा नपाउनु गम्भीर समस्या !
सीआरएसको तथ्यांकअनुसार स्वास्थ सेवाको अभावमा मृत्युवरण गर्नेहरुको संख्या २०१९ मा ३४.५ प्रतिशत थियो भने २०२० मा त्यो ४५ प्रतिशत पुग्नु निकै ठूलो वृद्धि हो । भारतमा चिकित्सा सुविधाको अभावमा हुने मृत्यु बितेको एक दशकयता लगातार बढिरहेको छ जसलाई भारतीय चिकित्सकहरुले गम्भीर समस्या बतएका छन् ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया