कामपा मेयरका उम्मेदवार श्रेष्ठलाई विश्व हिन्दु महासंघको साथ
नेपालखोज
२०७९ वैशाख २२ गते १८:५७

काठमाडौं । विश्व हिन्दु महासंघले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नाट्यकार मदनदास श्रेष्ठलाई स्थानीय निर्वाचनमा सहयोग गर्ने भएको छ । महासंघले आज काठमाडौंमा कार्यक्रम आयोजना गरी यसबारेमा जानकारी दिएको हो ।
नाट्यकार श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका छन् । कार्यक्रममा बोल्दै उम्मेदवार श्रेष्ठले यही व्यवस्थामा रहेर राजसंस्था र हिन्दुराज्य पुनः स्थापना हुने दाबी गरे ।
उनले महादेवको कथा सुनाउँदै अब महादेवलाई एकपटक जगाउने बेला भएको बताए । मेयरका उम्मेदवार श्रेष्ठले देशको शासन बाँदरले चलाइरहेको भन्दै अब राज्यमा सुशासन ल्याउन आवश्यक रहेको बताए । मेयरका उम्मेदवार श्रेष्ठले भविष्यमा आफ्ना सन्ततीहरुको सपना साकार बनाउनका लागि अहिले बलिदान दिन पनि पछि हट्न नहुने बताए ।
सम्बन्धित

प्रतिक्रिया