शुक्रबार, चैत १६, २०८०

एफएओले भन्यो- तीव्र खाद्य असुरक्षा देखियो भोकमरी बढ्छ

नेपालखोज २०७९ वैशाख २३ गते १४:४७

काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार संघर्ष , जलवायु परिवर्तन तथा आर्थिक संकटले मानिसहरुको आजीविकालाई तहस-नहस बनाएको छ । जसका कारण गएको वर्ष (२०२१) भोकले सताइएका मानिसहरुको संख्या बढेर १९३ मिलियन पुगेको छ ।

विशेषज्ञहरुको चेतावनी छ- युक्रेनमाथि रूसी हमलाका कारण यो वर्ष अकालको सामना गर्नुपर्ने हुनसक्छ । एफएओको वार्षिक रिपोर्ट भन्छ- २०२१ मा लगभग ४० मिलियन थप मानिस ‘तीव्र खाद्य असुरक्षा’ मा धकेलिए । भोकमरीको समस्या सामना गरिरहेका ५३ वटा देशमध्ये सबैभन्दा बढी दुस्प्रभावित देशमा कंगो लोकतान्त्रिक गणराज्य, इथियोपिया, यमन तथा अफगानिस्तान छन् ।

के हो ‘ तीव्र खाद्य असुरक्षा ’ ?
संयुक्त राष्ट्रको परिभाषा अनुसार ‘तीव्र खाद्य असुरक्षा’ त्यो हो जहाँ कुनै व्यक्तिको भोजन उपभोग गर्ने क्षमताले उसको जीवन वा आजीविकालाई नै खतरामा पार्छ । एफएओ भन्छ, ‘यो त्यस्तो भोक हो जुन अकाल वा व्यापक मृत्युको कारण बन्न सक्छ ।’

२०१६ मा एफएओ, विश्व खाद्य कार्यक्रम तथा युरोपीय संघ द्वारा पहीलो रिपोर्ट प्रकाशित गरिएयता यो संख्या लगातार बढीरहेको छ । एफएओले भनेको छ – २०२१ मा बढेको ” संघर्ष, मौसमको चरम सीमा एवं आर्थिक नोक्सानीको ट्रिपल संयोजनले ५३ वटा देशका मानिसलाई नराम्रो सँग प्रभावित तुल्याएको छ । ”

अहिले युद्धरत रूस र यूक्रेन आवश्यक कृषि उत्पादनको प्रमुख निर्यातक हुन जसमा गहुँ , सूर्यमुखीको तेल देखि अनेक कुरा सामेल छन । एफएओले पहिले नै भनिसकेको छ यो युद्धले मार्च महिनाको अन्तर्राष्ट्रिय खाद्यान्य मुल्य अहिले सम्म कै सबैभन्दा उच्च स्तरमा पुर्याएक‍ो छ ।

खाद्य संकट सँग जुधिरहेका सोमालिया, कंगो र मेडागास्कर जस्ता कैंयन देश गएको वर्ष रूस र यूक्रेन बाट आयात गरिएको गहुँमा निर्भर थिए ।

रिपोर्टमा भनिएको छ, ‘आज, यदि ती देशको ग्रामीण समुदायका लागि केही नगर्ने हो भने भोक तथा आजीविकाको समस्याले सिर्जना गर्ने बिनास निकै भयावह हुनसक्छ । त्यस्तो हुन नदिन तत्काल ठुलो स्तरमा मानवीय कार्रवाई चलाउनु पर्ने आवश्यकता छ ।’

भोकमरीको कारण
२०२१ मा संघर्ष र असुरक्षा २४ वटा देशक‍ो तीव्र भोकमरीको मुख्य कारण थियो जसबाट १३९ मिलियन मानिस प्रभावित भए । आर्थिक समस्या (जसलाई कोभिडको प्रभावले थप बिगार्यो) ले २१ देशका ३०.२ मिलियन मानिस दुस्प्रभावित भए । यसैगरी मौसमका कारण आठ वटा अफ्रिकी देशका २३.५ मिलियन मानिस तीव्र खाद्य असुरक्षामा धकेलिए ।

एफएओका अनुसार जोखिमपुर्ण क्षेत्रमा (जहाँ अहिले बाली लगाउने मौसम सुरु हुँदै छ ) स्थानीय खाद्य उत्पादन स्थिर गर्न वा बढाउन १.५ अरब डलरको आवश्यकता छ र त्यसका लागि हामिसँग बर्बाद गर्ने समय छैन ।

प्रतिक्रिया