शुक्रबार, असोज ४, २०८१

ओलीले दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै : नेपाल

नेपालखोज २०७९ वैशाख २३ गते १७:१७

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी गठबन्धनको नेतृत्व गरेको टिप्पणी गरेका छन्। राजधानीमा आज आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले ओलीले नेतृत्व गरेको गठबन्धनमा संविधान विरोधी शक्तिहरु सामेल भएको पनि अध्यक्ष नेपालले आरोप लगाए।

उनले अहिले देशमा २ वटा गठबन्धन रहेको पनि दाबी गरेका छन् । साथै उनले सत्ता गठबन्धन उपलब्धीको रक्षा गर्नेहरुको गठबन्धन रहेको पनि उनले दाबी गरेका छन्। नेपालले प्रगतिशील गठबन्धनमा सहभागी दलहरूको पक्षमा मतदान गर्न आह्वान गरेका छन्।

मुलुकले पाएका उपलब्धिको रक्षा गर्नेहरु, संविधान जोगाउनेहरु, देशमा सुशासन ल्याउनुपर्छ भन्ने मान्यता बोक्नेहरू, गणतन्त्रका हिमायतीहरू प्रगतिशील गठबन्धनमा रहेका नेपालले बताए।

यस्तै, नेपालले सत्तारुढ गठबन्धनलाई आगामी स्थानीय तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको दाबी गरेका छन् । नेपालले मुलुकको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्त भएका उपलब्धि जोगाउनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनको अर्को विकल्प नभएको बताए ।

ओली नेतृत्वको गठबन्धनले संविधान विरोधी काम गरेको, दुई तिहाइ बहुमतको सरकारलाई आफैले धुजाधुजा पार्ने काम गरेको तथा जनमतको अनादर गर्ने काम गरेको अध्यक्ष नेपालको आरोप लगाए । उनले ओलीले हाँस्यास्पद कामहरु एकैचोटी एकैठाउँमा बसेर ५७३ वटै पालिकाका जति पनि अस्पतालहरु शिलान्यास गर्ने, विभिन्न परियोजनाहरु सम्पन्न हुनु पाँच वर्ष अघि नै उद्घाटन गर्ने जस्ता गतिविधि गरेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया