शुक्रबार, भदौ २८, २०८१

सृजना र रेनुलाई मैले नै उम्मेदवार बनाउन भनेको हुँ : देउवा

नेपालखोज २०७९ वैशाख २३ गते १९:२७

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेणु दाहाललाई मेयरको उम्मेदवार बनाउन आफूले भनेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयरमा टिकट दिन आफूले भनेको बताएका हुन् ।

उनले प्रकाशमान सिंहकी श्रीमति सृजनालाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउन पनि आफूले नै भनेको बताए । उनले पुष्पकमल दाहाल लचिलो भएकोले गठबन्धन बनाउन सजिलो भएको पनि बताए । सभापति देउवाले पार्टीको महाधिवेशन र केन्द्रिय समितिले पनि सर्वसम्मतिले गठबन्धन बनाउने कुरालाई पारित गरेपनि पछि आएर केहीले विरोध गरेको भन्दै आक्रोश व्यक्त गरे ।

सभापति देउवाले चितवनमा राम्रो काम गरेकाले रेणुलाई मेयरमा जिताउनु पर्ने बताए । उनले काठमाडौंको फोहोरको र यातायातको समस्या समाधान गर्छु भन्ने सिंहलाई पनि जिताउनु पर्ने बताए । उनले राजधानी काठमाडौंमा मेयरका महिला उम्मेदवारले हारे बाहिरी दुनियाँले के भन्लान भनि प्रश्नसमेत गरे ।

प्रतिक्रिया