शुक्रबार, असोज ४, २०८१

वाग्मतीसहित ४ वटा प्रदेशमा वर्षाकाे सम्भावना, सतर्कता अपनाउन विभागकाे अनुराेध

नेपालखोज २०७९ वैशाख २४ गते ६:२१

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको भने वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश , वाग्मती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका भू-भागमा थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भू-भागमा एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया