नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
काठमाडाैं । जेठ २२–२८ गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपमा आज बिहान भएको कार्यक्रमा युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।
सुयोग्य राज काफ्लेले तयार गरेको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’नारालाई छनोट गरिस्को छ । लोगोमा माच्छापुछ्रे गण्डकी प्रदेशसहित चराको आँखाका साथै चन्द्र र सूर्यलाई समावेश गरिएको छ । मस्कटमा कस्तुरी मृगलाई सिम्बोलको रुपमा प्रयोग गर्दै खेलाडीको स्पिडसँग जोड्न खोजिएको छ ।
छनोट समितिमा मस्कट ३ वटा, लोगो १३ वटा र नारा ७ वटा प्राप्त भएका थिए । लोगो छनोट भएकाले ५० हजार नगद प्राप्त गर्दा मस्कट बनाउनेले २५ र नारा बनाउनेले १० हजार पाएका छन् । नवौं राष्ट्रियमा ३६ खेल हुँने छन् भने ७ प्रदेश र ४ विभागीय टिमले गरि ११ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिक्रिया