आइतबार, वैशाख २३, २०८१

बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न स्थानमा ४५ प्रतिशतसम्मको विशेष छुट

नेपालखोज २०७९ वैशाख २४ गते ११:२१

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन विभिन्न होटेल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले होटेल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेष्ट्रो एन्ड गार्डेन, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, मिठो रेष्टुरेन्ट एन्ड थकाली किचन बिर्तामोडमा १० प्रतिशत, नोवेल होटेल एन्ड स्वीमिङ कम्प्लेक्स इमाडोलमा १० प्रतिशत, मिटिङ प्वाईन्ट रेष्टुरेन्ट एण्ड वार बिर्तामोडमा पाँच प्रतिशत, होटल अर्थलाईट प्राली सौराह चितवनमा २० प्रतिशत, चिकेन स्टेशन इमाडोलमा १० प्रतिशत तथा सोलमारी रेष्ट्रो एण्ड मिटिङ प्राली इमाडोमा १५ प्रतिशत छुट पाउने छन् ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडसिटी फार्मेसी बिर्तामोडमा १० प्रतिशत, रामजानकी हष्पिटल प्राली जनकपुरमा १५ प्रतिशत र नमो मनकामना डेन्टल एन्ड क्लिनिक इमाडोमा २५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तनाशा फेशन स्टुडयोमा १५ प्रतिशत छुट पाउने छन् । जिम/फिटनेस सेन्टर अन्र्तगत सेप्स फिटनेश जीम ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशतसम्मको छुट रहेको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्ने छन् । यसको विस्तृत विवरण बैंकको वेवसाइट मा उपलब्ध रहेको जानकारी गर्दछौं ।

प्रतिक्रिया