गृहमन्त्रीसहित उम्मेदवारद्वारा वैदिक पूजा
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले भैरहवाको नारायणस्थान मन्दिरमा आज वैद्धिक पराम्पराअनुसार पूजाअर्चना गरेका छन् ।
गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट सिद्धार्थनगरका प्रमुखका उम्मेदवार ईस्तियाक अहमद खान, माओवादी केन्द्रको तर्फबाट उपप्रमुखका उम्मेदवार कमला थापालगायतले वैद्धिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे ।
सो अवसरमा गृहमन्त्री खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेष खाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक अर्काको सम्मान गर्नुपर्ने बताए । धर्म, जातजाति, क्षेत्रीयता, लैंगी यता, भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भन्ने त्यसले केही व्यक्तिलाई फाइदा पुर्याए पनि आमनागरिकलाई बेफाइदा पुर्याउने बताए ।
गृहमन्त्री खाणले यस्ताखाले क्रियाकलाप सामाजिक र कानुनी रुपमा बर्जित रहेको बताउँदै कसैले समाज र कानुुन विपरीतका गतिविधि गरेमा आमनागरिक बेलैमा सचेत हुनुुपर्नेमा जोड दिए । सो अवसरमा नगरप्रमुख पदका उम्मेदवार खानले सबै धर्म, जातजातिप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन् ।-रासस
प्रतिक्रिया