सोमबार, वैशाख १७, २०८१

सुनचाँदीकै मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ वैशाख २५ गते १०:४९

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन शुक्रबार ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ६ सय रुपैयाँले बढेकाे छ । आज तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया