सोमबार, वैशाख १७, २०८१

सुनकाे भाउ बढ्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७९ वैशाख २६ गते १०:५१

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनकाे भाउ बढेको छ, भने चाँदीकाे स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले बढेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेकाे छ । आज चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया