स्थानीय र पश्चिमी वायुसँगै असानी चक्रवातको प्रभाव, ४ वटा प्रदेशमा वर्षाको सम्भावना
काठमाडाैं । हाल नेपालमा दक्षिण बंगालको खाडीमा चक्रवात ‘असानी’को अप्रत्यक्ष प्रभाव पर्नुका साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव साथै चक्रवात ‘असानी’को आंशिक प्रभाव रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
त्यस्तै आज राति प्रदेश १ तथा मधेश प्रदेशको लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
प्रतिक्रिया