शनिबार, जेठ ५, २०८१

अस्ट्रेलिया जाने विद्यार्थीका लागि नि:शुल्क अन्तरक्रिया र करियर काउन्सिलिङ

नेपालखोज २०७९ वैशाख २७ गते १७:२५

काठमाडौं । अस्ट्रेलियामा अध्ययन गर्ने सपना पूरा गर्न विद्यार्थीहरूको लागि नि:शुल्क विद्यार्थी अन्तरक्रिया र करियर काउन्सिलिङ हुने भएको छ । जेठ २ गते काठमाडौंको रमसहपथमा विद्यार्थीका लागि अन्तरक्रिया र करियर काउन्सिलिङ भी एक्स एल माईग्रेसन एन्ड एजुकेसन कन्सल्ट्यान्टले गर्ने भएको हो ।

अस्ट्रेलियाको एडिलेडमा रहेको मुख्यालयबाट क्यूएसी प्रमाणित शिक्षा सल्लाहकार दिनेश योगीले नेपालका विद्यार्थीहरूको अस्ट्रेलिया अध्ययनको सपना पूरा गर्न मद्दत गर्न करियर काउन्सिलिङ गर्ने भी एक्स एल माईग्रेसन एन्ड एजुकेसन कन्सल्ट्यान्टका ग्लोबल म्यानेजिङ् डाईरेक्टर भरत तिमिल्सिनाले जानकारी दिए । नेपाली विद्यार्थीलाई सर्वसुलभ र नेपाली विद्यार्थीहरुलाई अस्ट्रेलियामा अध्ययन गर्न जाँदा भर पर्दो सुविधा दिनलाई यस करियर काउन्सिलिङको मुख्य योजना रहेको भी एक्स एल माईग्रेसन एन्ड एजुकेसन कन्सल्ट्यान्ट नेपालका म्यानेजिङ् डाईरेक्टर सुभास खकुरेलले जानकारी दिँदै सम्पूर्ण अस्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई यस करियर काउन्सिलिङमा सहभागी हुन अनुरोध गरेका छन्।

त्यस्तै भी एक्स एल माईग्रेसन एन्ड एजुकेसन कन्सल्ट्यान्ट नेपालका सीईओ राजेन्द्रकुमार लेखकले अस्ट्रेलिया बसेको १४ वर्ष भएको बताउँदै आफूसँग धेरै ज्ञानहरु रहेको बताए । उनले भने, ‘त्यसैले म विद्यार्थीहरुलाई सुझाव के दिन सक्छु भने यस करियर काउन्सिलिङले अस्ट्रेलियामा जानु हुने विद्यार्थीहरुले लाभ उठाउन सक्नुहुनेछ र अवस्य पनि यस करियर काउन्सिलिङमा सहभागिता हुन अनुरोध गर्छु ।’

प्रतिक्रिया