शनिबार, जेठ ५, २०८१

बुटवलको ट्राफिक चोकमा डिशहोम फाइबरनेटको सोरुम

नेपालखोज २०७९ वैशाख २७ गते २०:५७

बुटवल । डिशहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिक चोकमा सह-वितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदी र सेल्स अफिसर बिनोद सुवेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर सुवेदीले रिवन काटेर शोरुमको समुदघाटन गरेका थिए ।

कार्यक्रममा सुवेदीले ६ महिनाको छोटो अवधिमा यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजारभन्दा बढि सन्तुष्ट ग्राहक रहेको र डिश होम फाइबर नेट प्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए ।

नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले हालसम्म धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहक माझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक विवेक गुप्ताले बताए।

प्रतिक्रिया