आइतबार, जेठ ६, २०८१

गुजरात आईपीएल क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टिम

नेपालखोज २०७९ वैशाख २८ गते ७:०८

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गुजरात टाइटन्सले प्लेअफमा स्थान पक्का गरेको छ । १२औं खेल खेल्दा नवौं जित हात पारेको गुजरातले शीर्ष स्थानमा राख्दै प्लेअफ यात्रा पक्का गरेको हो ।

१८ अंकसहित शीर्ष स्थानमा रहँदा समान खेल खेलेको लखनऊ १६ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान रोयल्सले ११ खेलबाट १४ अंक बनाउँदा तेस्रो स्थानमा आफूलाई राख्दा चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर १२ खेलबाट १४ अंक जोडेकाे छ ।

प्ले अफमा पुग्ने लगभग चार टिम तय भए पनि अन्य टिमका तीन तीन खेलको नतिजाले चौथो टिमलाई भने केही फरक पर्न सक्ने छ ।

गएराति भएको खेलमा गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनऊ १३.५ ओभरमा ८२ रनमा समेटिए पछि गुजराले ६२ रनको फराकिलो जित दर्ता गर्न सफल भयो । 

पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

प्रतिक्रिया