बुधबार, असोज २, २०८१

प्रदेश १ मा ३२१ मतदानस्थल अति संवेदनशील, सुरक्षाका लािग २८ हजार सुरक्षाकर्मी

नेपालखोज २०७९ वैशाख २८ गते १५:४१

इटहरी । प्रदेश १ मा ३ सय २१ मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको छ।

सो वर्गीकरणअनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदानस्थल मध्ये ३ सय २१ मतदान केन्द्र अतिसंवेदनशील वर्गीकरण गरिएको छ । प्रदेशमा ८ सय ४९ वटा संवेदनशील र ७ सय ७ वटा सामान्य रहेका छन् ।

त्यस्तै, शुक्रबार हुने पालिका चुनावलाई लक्षित गरि प्रदेश १ मा २८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्त प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईकाअनुसार प्रदेश १ का १४ वटै जिल्लामा १० हजार ५९१ प्रहरी र १७ हजार ४ सय २८ म्यादी प्रहरी परिचालन गरिएको हो। निर्वाचनलाई लक्षित गरी मंगलबार राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने जनाइएको छ।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न विशेषगरी सुनसरी, मोरङ, झापाका सीमा नाकामा कडाइ गरिएको एसपी राईले जानकारी दिए। सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार निर्वाचनलाई लक्षित गरेर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा पनि रोक लगाइएको छ।

प्रतिक्रिया