आइतबार, जेठ ६, २०८१

अन्तर्राष्ट्रिय टी-ट्वान्टी सिरिजका लागि नेपाली टिमको घोषणा

नेपालखोज २०७९ वैशाख २८ गते १७:०९

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक घरेलु मैदानमा महिलाको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज गर्ने भएको छ । क्यानले युगान्डाको महिला टिमलाई घरेलु मैदानमा बोलाएर मे १६ बाट पाँच खेलको महिला टी-ट्वान्टी सिरिज गर्ने भएको हो ।

यसअघि क्यानले त्रिकोणात्मक सिरिज गर्ने तयारी गरेपनि अन्तिममा युगान्डा मात्र नेपाल आउन राजी भएका कारण दुर्ई देशबीच पाँच खेलको सिरिज हुने भएको हो । क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले युगान्डाको महिला टिमसँग १६ मे मा पहिलो खेल खेल्नेछ भने दोस्रो खेल मे १७ मा हुनेछ । यस्तै १९ तारिखमा तेस्रो खेल हुनेछ भने २० तारिखमा चौथो र २१ तारिखमा पाँचौं खेल हुनेछ ।

नेपाली महिला टिमले विश्वकप छनोट खेलेपछि कुनैपनि अन्तर्राष्ट्रिय सिरिज खेलेको छैन । त्यसमा पनि घरेलु मैदान नेपाली महिला टिमले पहिलो पटक अन्तराष्ट्रिय सिरिज खेल्न लागेको हो । यो सिरिजका लागि नेपाली महिला टिमले आफ्नो तरिकाले प्रशिक्षण गरिरहेको छ ।

नेपाली टिम घोषणा

नेपालले १६ मे देखि युगान्डासँग महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्दै छ । ५ खेलको टी-ट्वान्टीका लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली टिमले प्रतिस्पर्धा गर्ने छ । उक्त प्रतियोगिताका लागि घोषणा गरिएको टिम यस प्रकार रहेको छ।

रुविना क्षेत्री, सिता राना मगर, इन्दू बर्मा, काजोल श्रेष्ठ, करुणा भण्डारी, कबिता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता मौधरी, अस्मानी कर्माचार्य, सुमन खतिवडा, संगिता राई, कबिता जोशी, रोमा थापा, ज्योती पाण्डे, सबनम राई, विन्दू रावल, इश्वरी विष्ट, डली भट्ट, हिरणमाइ रोय र ऋतु कनौजिया रहेका छन् ।

प्रतिक्रिया