शुक्रबार, वैशाख ७, २०८१

रातो मच्छिन्द्रनाथको जात्रा

नेपालखोज २०७९ वैशाख २९ गते ९:३८

काठमाडाैं । काठमडौं उपत्यकाकै लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज लगनखेलमा नरिवल खसालिँदै छ । लगनखेलस्थित देउला टोलमा रहेको रथबाट नरिवल खसालिन्छ ।

वर्षा र सहकालका देवताको रुपमा मनाइने रातो मच्छिन्द्रनाथलाई तानेर लगनखेल पु¥याएको चौथो दिनमा नरिवल खसालिने परम्परा रहेको छ । मच्छिन्द्रनाथ र मिननाथको रथबाट एक/एक वटा नरिवल खसालेर नरिवल खसाल्ने जात्रा मनाइन्छ ।

३२ हात लामो रथको टुप्पोबाट खसालिने नरिवल समात्न मानिसहरुको भीड लाग्ने गर्छ । नरिवल समात्नेले सुख, शान्ति भोग गर्न पाउने किंवदन्ती छ । परापूर्वकालमा कर्कट नामका नागराज मच्छिन्द्रनाथको जात्राका क्रममा खसालेको नरिवल हेर्न पुगेको किंवदन्ती छ ।

प्रतिक्रिया