बिहीबार, वैशाख १३, २०८१

सुनचाँदीकाे मुल्य बढ्याे

नेपालखोज २०७९ वैशाख २९ गते १०:४३

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ८ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले बढेकाे छ । आज तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया