भारत र भुटानबाट निर्देशक घिमिरेले पाए दुई अवार्ड, जोगी बन्यो उत्कृष्ट डकुमेन्ट्री
काठमाडाैं । पूर्वि नेपाललगायत देशका विभिन्न स्थानहरुमा फेरी प्रथा अझै पनि चलिआएको छ । जोगी जातका पुरुषहरुले श्रावण कार्तिक चैत्रमा विभिन्न गाउँहरुमा गइ रातको समयमा घरको वरिपरि घुमि शंख बजाइ फेरी लगाउने गरिन्छ ।
यसै विषयलाई निर्देशक दयाराम घिमिरेले निर्माण निर्देशन गरेको डकुमेन्ट्रि फिल्म जोगी द गड अफ नाइट लाइ अन्तराष्ट्रिय विभिन्न फिल्म फेष्टीभलहरुमा अवार्ड जितेको छ ।
एक साता भित्र भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड र भुटानको ड्रुक इन्टरनेश्नल फिल्म अवार्ड बाट दुई बेग्ला बेग्लै अवार्ड जितेको छ । दक्षिण भारतको पुडुचेरीमा आयोजना भएको मोख्खो इन्टरनेश्नल फिल्म फेष्टिभलमा ‘जोगी द गड अफ नाइट’ उत्कृष्ट डकुमेन्ट्रि सर्ट फिल्म बनेको हो । विश्वभरबाट आएका फिल्महरुलाई पछि पार्दै नेपालबाट गएको यो डकुमेन्ट्रि उत्कृष्ट बनेको हो ।
यस्तै भुटानमा आयोजना हुदै गरेको ड्रुक इन्टरनेश्नल फिल्म फेष्टीभलमा पनि ‘जागी द गड अफ नाइट’ले आउटस्ट्यान्डिङ अचिभमेन्ट अवार्ड जितेको हो ।
अन्तराष्ट्रिय बजारमा नेपाली संस्कृति बोकेको बृत्तचित्रले यसरी अवार्ड जित्नु नेपाल र नेपालीहरुको लागी गर्वको कुरा रहेको निर्देशक घिमिरे बताउछन् । जोगी समुदायले फेरी लगाउदा जसरी लगाउछन् यस बृत्तचित्रमा हुवहु देखाइएको निर्देश्क घिमिरेको भनाइ रहेको छ ।
यस अघि पनि नेपालमा आयोजना भएको काठमाडाैं सर्ट फिल्म फेष्टा तथा सोसल मिडियो फिल्म अवार्डमा जोगी उत्कृष्ट बृत्तचित्र बनेको थियो । यस्तै केहि समय अघि काठमाण्डौमै सम्पन्न नेपाल इन्टरनेश्नल फिल्म फेष्टीभलमा अफिसियल सेलेक्सनमा परको थियो ।
अन्तराष्ट्रिय फिल्म फेष्टीभलहरु युकेको लिफ्ट अफ फिल्म मेकर सिजन, युकेकै फष्ट टाइम फिल्म मेकर सिजन, पेसिसको गोल्डेन ट्रि इन्टरनेशनल डकुमेन्ट्रि फिल्म फेष्टीभलमा अफिसियल सेलेक्सनमा परेको थियो । यस्तै बंगलादेशको सिनेमेकिङ फिल्म फेष्टिभलमा पनि छनौटमा परि डकुमेन्ट्रिलाई सम्मानित ट्याग (अनेरेवल मेन्सन) समेत पाएको थियो ।
संखुवासभा र धरानमा छायांकन गरिएको यस बृत्तचित्रमा फेरी लगाउदै हिड्ने ओमनाथ जोगिलाइ फिचर गरिएको छ भने निर्माण दयाराम घिमिरे र हरि उप्रेतीले गरेका हुन् । यस वृत्तचित्रका अनुसन्धानकर्ता र निर्देशक दयाराम घिमिरे हुन् ।
प्रतिक्रिया