शुक्रबार, वैशाख ७, २०८१

भारतमा चार करोड ३१ लाख भन्दा बढी कोरोना संक्रमित

नेपालखोज २०७९ वैशाख २९ गते १३:५३

काठमाडाैं । भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ संक्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी गत मंगलबार र बुधबार भने केही कमी देखिएको हो । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये ९७० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा पाँच हजार २०२ जना सक्रिय संक्रमित रहेका पनि थप जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २४ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य’ हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १८१ पुगेको छ । भारतभरी अझै पनि सक्रिय संक्रमण १९ हजार ६७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया