बिहीबार, वैशाख १३, २०८१

भारतमा ४ करोड ३१ लाख बढी कोरोना संक्रमित

नेपालखोज २०७९ वैशाख २९ गते १५:३८

दिल्ली । भारत चौबीस घण्टामा थप दुई हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कुल संख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमण दर बढेर पुनःकेही दिनयता नयाँ संक्रमित थपिनेको संख्या बढेको छ । यद्यपि गत मंगलबार र बुधबार भने केही कमी देखिएको हो । चौबीस घण्टाको समयावधीमा भएका संक्रमितमध्ये ९७० जना दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल दिल्लीमा पाँच हजार २०२ जना सक्रिय संक्रमित थपिएको जानकारी दिइएको छ ।

यसका साथै चौबीस घण्टाको समयमा महामारीका कारण थप २४ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख २४ हजार १८१ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा केही महिनायताबाट सक्रिय संक्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ। त्यस्तै, चौबिस घण्टामा तीन हजार २३० कोरोना निको भएका छन् । यसैसँगै भारतममा कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या चार करोड २५ लाख ७० हजार १६५ पुगेको छ ।

प्रतिक्रिया