बिहीबार, चैत १५, २०८०

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

नेपालखोज २०७९ वैशाख २९ गते २०:३१

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त भएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिङ्घेलाई राष्ट्रपतिमा नियुक्त गरेका बीबीसी हिन्दीले जनाएको छ ।

विक्रमासिङ्घे श्रीलंकामा सबैभन्दा धेरै पाँच पटक प्रधानमन्त्री बनेका हुन् । उनले शपथ लिइसकेका छन् । प्रधानमन्त्री बन्न राष्ट्रपतिले विपक्षी नेताहरूलाई आग्रह गरे पनि नेताहरूले अस्वीकार गरेपछि विक्रमासिङ्घे प्रधानमन्त्री बनेका हुन् ।

गम्भीर आर्थिक संकटमा परेको श्रीलंकमा आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीबाट राजीनामा दिएका महिन्दा राजापाक्षेको घरमा आन्दोलनकारीले आगो लगाइ दिएपछि राजापाक्षे सेनाको शिविरमा बस्दै आएका थिए । आजै अदालतले राजापाक्षेसहितका १६ जना व्यक्तिलाई देश छाडेर जान रोक लगाएको छ ।

प्रतिक्रिया