बिहीबार, चैत १५, २०८०

‘प्रेस फ्रिडम’मा नेपालको प्रगति

नेपालखोज २०७९ वैशाख ३० गते १९:२३

काठमाडौं । वर्ल्ड ‘प्रेस फ्रिडम इन्डेक्स’मा यो वर्ष नेपालको स्तरमा ठूलो सुधार देखिएको छ । नेपालले आफ्नो स्तरमा ३० स्थानको ठूलो फड्को मार्दै ७६ औं स्थान सुरक्षित गरेको छ । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारका समयमा नेपाल १०६ औं नम्बरमा थियो ।

छिमेकीहरूको अवस्था
नेपाल र चीन बाहेक अरु सबै छिमेकीहरु पनि यो सूचीमा अझ तल झरेका छन् । वर्ल्ड प्रेस फ्रिडम इन्डेक्समा नेपालको निकट छिमेकी भारतको स्तर १४२ बाट आठ स्थान तल झर्दै १५० पुगेको छ । यसैगरि पाकिस्तान १५७ नम्बरमा छ भने श्रीलंका १४६, बंगलादेश १६२ तथा म्यानमार १७६ औं स्थानमा छन्, जसलाई कुनै पनि हालतमा राम्रो मान्न सकिँदैन । बरु यो र्याकिंङमा चीनले दुई स्थानको सुधार गर्दै १७५ औं स्थान प्राप्त गरेको छ । यद्यपी यो राम्रो स्थान भने होइन ।

अब्बल नम्बरमा नर्वे
२०२२ को प्रेस फ्रिडम इन्डेक्समा नर्वेको स्थान नम्बर एकमा छ भने त्यसपछि डेनमार्क दुई तथा स्विडेन तीन नम्बरमा छ । यसैगरि एस्टोनिया चौथो तथा फिनल्यान्ड पाँचौं नम्बरमा छन् ।

विकसित देशहरुको स्थिती
संसारको महाशक्ति अमेरिका यो सूचीको ४२ औं स्थानमा छ । यसैगरि अन्य विकसित देशमा अस्ट्रेलिया ३९ औं, फ्रान्स २६ औं, बेलायत २४ औं, क्यानाडा १९ औं, जर्मनी १६ औं तथा न्युजिल्यान्ड ११ औं स्थानमा छन् ।

प्रतिक्रिया