शुक्रबार, असोज ४, २०८१

सातवटै प्रदेशमा पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन विभागकाे अनुरोध

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

नेपालखोज २०७९ वैशाख ३० गते ६:३३

काठमाडाैं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाहाखाले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश  र वाग्मती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । साथै अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे विभागले उल्लेख गरेकाे छ ।

आज राति प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने प्रदेश नं १ का केही स्थानहरूमा साथै वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन /चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया