बुधबार, वैशाख २६, २०८१

आईपीएलमा पञ्जाव किंग्सकाे छैटौं जित

नेपालखोज २०७९ वैशाख ३१ गते ७:२०

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पञ्जाव किंग्सले छैटौं जित दर्ता गरेको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि पञ्जावले ५४ रनको जित दर्ता गरेकाे हाे ।

जारी प्रतियोगितामा बैंग्लोरले १३ खेलबाट १४ अंक चौथो स्थानमा रहेको छ । समान १२ अंक रहेको दिल्ली क्यापिटल्स पाँचौं स्थानमा रहेको छ ।

पञ्जावले दिएको २१० रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्रै बनायो । बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाउँदा रजत पतिदारले २६ रन बनाए ।

विराट कोहलीले २० रन बनाउँदा दिनेश कार्तिकले ११ रन जोडेका थिए। मोहमद सिराज ९ तथा जोस हेजलवुड ७ रनमा नटआउट रहेका थिए।

प्रतिक्रिया