शुक्रबार, चैत १६, २०८०

ओलीको गृहनगरमा मेयरमा एमाले र उपमेयरमा गठबन्धनको अग्रता

नेपालखोज २०७९ वैशाख ३१ गते ११:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा कस्तो परिणाम आउला भन्ने सर्वत्र चासोको विषय भएको छ । दमकमा अहिले मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेले अग्र स्थानमा छ । मेयर उम्मेदवार गीता अधिकारी (पौडेल) ले १७२ मत प्राप्त गरेकी छन् । ६ दलीय गठबन्धनका मेयर उम्मेदवार राम थापाले १३९ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेस उम्मेदवार अगाडि छन् । कांग्रेस उम्मेदवारले १४९ र एमालेका उम्मेदवारले १४० मत ल्याएका छन् ।

प्रतिक्रिया