बिहीबार, चैत १५, २०८०

सप्तकोशी डेभलपमेन्ट बैंकले आइतबार पनि बैंकिङ सेवा दिँदै

नेपालखोज २०७९ वैशाख ३१ गते ११:१४

काठमाडौं । नेपाल सरकारले २०७९ साल जेष्ठ १ गतेदेखि लागू हुने गरि हप्तामा शनिवार र आईतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकको सुबिधालाई ध्यानमा राख्दै आईतबार पनि बैंकिङ सेवा प्रदानगर्ने निर्णय गरेको छ ।

यस अन्तर्गत हाल बैंकले प्रदेश नं.१ म रहेका आफ्ना ३५ शाखाहरु मध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, टंकीसुनवरी, इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर, दमक र पुष्पलाल चोक) बाट यही जेष्ठ १ गतेदेखिनै सेवा प्रदान गर्ने छ र आगामी दिनमा बजारको आवश्यकता र ग्राहकको माग वमोजिम आईतबार संचालन हुने शाखा संख्या बढाउंदै लैजाने नीति बैंकले लिएको छ ।

आईतवार संचालन हुने शाखाहरुमा बैंकले बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म सेवा प्रदान गर्नेछ । यसरी सरकारले हप्तामा दुईदिन सार्वजनिक विदा दिने निर्णय गरे पश्चात आईतवार पनि बैंकिङ सेवा दिने सप्तकोशी डेभलपमेन्ट बैंक नेपालका बैंकहरुमा नै पहिलो बैंक रहेको जानकारी समेत बैंकले दिएको छ । बैंकको यस थप सेवाले ग्राहकवर्गमा सुविधा पुग्न जाने र आईतवार संचालन हुने बजारलाई केहीहदसम्म भएपनि बैंकिङ आवश्यकताको परिपूर्ति हुने र बैंकको यस प्रकारको सेवाले बैंक र जनताविचको सम्वन्ध र विश्वाश अझ प्रगाढ हुंदै जाने तथा व्यवशाय विस्तारमा सहयोगी हुने बिश्वास बैंकले लिएको छ ।

बैंकले गा्रहक सुविधा विस्तार गर्दैलाने क्रममा चांडै नेपाल, भारत र भुटानमा समेत संचालन हुने तथा नेपालभर संचालनमा ग्राहकलाई कुनैपनि शुल्क नलाग्ने गरि वितरण समेत निशुल्करुपमा डेविट कार्ड जारी गर्दै छ भने थप सुविधाका साथ दुई बचत योजना (शुन्य मौज्दात मै खाता खोली डेविट कार्ड, स्मार्ट बैंकिङ समेत निशुल्क प्राप्त गर्न सकिने एक र अर्को ग्राहक बैंकमा गई लाईन नबसी विशेष सेवा प्राप्त गर्न सक्ने लगायत थप विशेष सेवा सहितको भि.आई.पि. बचत खाता गरी दुई बचत खाताहरु) समेत संचालन गर्न लागेको जानकारी समेत दिएको छ ।

प्रतिक्रिया