मंगलबार, जेठ १, २०८१

‍ काठमाडौं अपडेट : शाह ५९, सिंह ३८ र स्थापितको २२ भोट

नेपालखोज २०७९ वैशाख ३१ गते १३:४४

काठमाडौं । काठमाडौं महानगरको मतगणना जारी छ । काठमाडौं महानगरको अहिलेसम्म १७० मत गनिएको छ । अहिले वडा नं. १ र ३२ नंबरको मतणना जारी रहेको हो । पछिल्लो मतरिणाम अनुसार वडा नम्बर ३२ मा बालेन शाहको बलियो अग्रता छ । ७० भोट गणना हुँदा बालेनलाई ३९ मत प्राप्त भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार सिर्जना सिंहले पनि ३८ मत प्राप्त गरेकी छन् ।

एमालेका केशव स्थापितले २२ मत प्राप्त गरेका छन् । यस्तै ३२ नंबर वडामा २५ मत गन्दा बालेनले ११, सिर्जना सिंहले ७ र स्थापितले ४ भोट ल्याएका छन् । राप्रपाले ३ भोट प्राप्त गरेको छ ।

प्रतिक्रिया