कञ्चनपुरको बेलौरी नगरपालिका १ मा माओवादी विजयी
नेपालखोज
२०७९ वैशाख ३१ गते १६:१०
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन्। माओवादी केन्द्रका धनबहादुर विष्ट वडाध्यक्षमा विजयी भएका हुन्।
उनले ६६३ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका नवराज शाहीले ५५२ मत प्राप्त गरेका छन्। बेलौरीमा प्रमुख र उपप्रमुखमा माओवादीले नै अग्रता बनाइरहेको छ।
सम्बन्धित
प्रतिक्रिया