शनिबार, जेठ ५, २०८१

सिभिल क्यापिटल मार्केटको धमाका, सार्वजनिक बिदामा पनि कार्यालय खुल्ने

नेपालखोज २०७९ जेठ १ गते १३:२२

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पूर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९ आषाढ मसान्तसम्म विभिन्न सेवाहरुमा विशेष छुट दिने भएको छ । यस अन्र्तगत नयाँ डिम्याट खाता रजिष्ट्रेसन, पहिलो वर्षको नविकण शूल्कमा लाग्ने एक सय ५० रुपैंयाँ निःशुल्क गरिएको र मेरो सेयर खाता खोल्दा लाग्ने शूल्क ५० रुपैंयाँ भने कम्पनीले नलिने जनाएको छ ।

त्यसैगरी पिएमएस र कर्पोरेट एडभाईजरी सेवामा समेत भारी छुट गरिएको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । पिएमएस र कर्पोरेट एडभाईजरी सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोबार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ । विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक सेयर निश्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, सेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुँजिबजार सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सुुरुदेखि हालसम्म आईपीओ ३० वटा, आरटिएस ३५ वटा, हकप्रद सेयर ३२ वटा, सेयर अक्सन २० वटा सहितका विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरिसकेको छ । निकट भविष्यमा नै सामूहिक लागानी कोष सुरुवात हुनेसमेत प्रमुख कार्यकारी अधिकृतले बताए ।

यस संस्थाले दिइरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, सेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापको कार्यको सुझाव, आईपीओ परामर्श लगायतका सेवाहरु सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए । यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतबारबाट लागु भइरहेकोे छ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत विगत मिति २०७६ मंसिर २४ गतेदेखि संचालन गरिरहेको छ । आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली द्रुत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डीपी खाता अनलाइन सेवामार्फत खोल्न सकिने सुविधा दिन पनि संस्था लागिपरेको प्रमुख कार्यकारी अधिकृतले बताए ।

ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै आगामी मिति २०७९ जेष्ठ १ गते आइतबारबाट सार्वजनिक बिदाका दिनहरुमा (शनिबारबाहेक) बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म संस्थाको सम्पूर्ण सेवाहरु सूचारु हुनेसमेत प्रमुख कार्यकारी अधिकृतले बताए ।

प्रतिक्रिया