बिहीबार, वैशाख १३, २०८१

रियलमी नाइनको पछिल्लो शृंखला सार्वजनिक गरिँदै, यस्ता छन् फिचर

नेपालखोज २०७९ जेठ १ गते १८:१५

काठमाडौं । रियलमी, संसारको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले नेपालमा रियलमी ९ शृंखला पछिल्लो थप शृंखला नेपालमा चाँडै आउने भएको छ । रियलमी ९ यो सामसुङ आइसोसेल एचएम ६ इमेज सेन्सरको साथ आउने विश्वको पहिलो स्मार्ट फोनहरूमध्ये एक हुनेछ जसले कम प्रकाशमा फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रङ संयोजन प्रदान गर्दछ ।

रियलमी ९ स्नाप ड्रागन ६८० प्रोसेसरको साथ आउनेछ, जुन सिक्स एनएम प्रक्रियामा आधारित छ । यो स्मार्ट फोन ९० हर्ट्जको सुपर एमोलेड डिस्प्ले सहित १०२४०–स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुनेछ । यसमा रहेको १६ एमपी सेल्फी क्यामेरा फिचरले अध्याँरोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिन उपयुक्त हुनेछ ।

यसमा ५००० एमएएचको विशाल ब्याट्री क्षमताका साथ ३३ डब्लु डार्ट चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुनेछ । यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगर प्रिन्ट सेन्सर, र डायनामिक र्याम विस्तार प्रविधि डीआरई पनि समावेश गर्दछ जसले पहिले अवस्थित र्याममा ५ जीबीसम्म थप्न सक्छ । यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ । यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्वइन्सटल्ड रियलमी यू १ ३.० सँग आउनेछ । यसमा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलो ग्राफिक डिजाइन हुनेछ जसले प्रकाश परिवर्तनको थ्रिडी प्रभाव प्रदान गर्दछ ।

रियलमी ९ यस महिनाको अन्त्यमा धेरै रङ विकल्प र आरएएम स्टोरेज भेरियन्टहरूमा लन्च हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया