बुधबार, वैशाख १२, २०८१

किन हनुमान बनेका थिए भगवान् शिव ?

नेपालखोज २०७९ जेठ २ गते ५:००

भगवान् शिव भक्तको पूजाबाट छिट्टै प्रसन्न हुने देव मानिन्छन् । भगवान् शिव हरेक युगमा आफ्ना भक्तको रक्षाका लागि प्रकट हुने विश्वास पनि गरिन्छ । भगवान् शिवले १२ रूद्र अवतार लिएका छन् । शिव महापुराणमा भगवान् शिवका अनेक अवतारबारे वर्णन गरिएको पाइन्छ । तर पनि धेरै कम मानिसमात्रै भगवान् शिवका यी अवतारबारे जानकार छन् ।

हनुमानको जन्म

शास्त्रमा रामभक्त हनुमानको जन्म दुई तिथिमा भएको भनेर उल्लेख गरेको पाइन्छ । जसमा उनको पहिलो जन्मलाई भगवान् शिवको अवतार मानिएको छ । किनकी हनुमानकी आमा अन्जनीले भगवान् शिवको घोर तपस्या गरेर शिवलाई पुत्रको रुपमा प्राप्त गर्ने वर मागेकी थिइन् । त्यसपछि भगवान् शिवले पवन देवको रुपमा आफ्नो रौद्र शक्तिको अंश यज्ञ कुण्डमा अर्पित गरेका थिए र त्यतिबेलै उक्त शक्ति अन्जनीको गर्भमा प्रविष्ट भएको थियो ।

त्यसपछि चैत्र शुक्ल पक्ष पूर्णिमाको दिन हुनुमानको जन्म भएको थियो । पौराणिक कथाका अनुसार रावणको अन्त्यका लागि भगवान् विष्णुले राम अवतार लिएका थिए । उक्त समय सबै देवताले भगवान् रामलाई सहयोग गर्न अलग–अलग रुपमा अवतार लिएका थिए । सोही समयमा भगवान् शंकर (शिव)ले पनि आफ्नो रूद्र अवतार लिएका थिए ।

यसको पछाडि एउटा कारण छ कि, उनलाई विष्णुबाट दास्यको वरदान प्राप्त भएको थियो । हुनमान शिवका ११औं रूद्र अवतार हुन् । यस रुपमा भगवान् शिवले रामको सेवा पनि गरे भने रावणको वधमा उनको मद्दत पनि गरे ।

प्रतिक्रिया