आइतबार, जेठ ६, २०८१

अन्तर्राष्ट्रिय टी-ट्वान्टी : नेपाल र युगान्डाबीचकाे पहिलाे खेल आज

नेपालखोज २०७९ जेठ २ गते ७:४७

काठमाडाैं । अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेको १५ वर्षपछि नेपाली महिला क्रिकेट टिमले घरेलु मैदानमा पहिलो पटक आज अन्तराष्ट्रिय टी-ट्वान्टी सिरिज खेल्दैछ । जसमा पहिलो खेल दिउँसाे १ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुँदैछ । 

नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रतियोगिताको सबै तयारी पुरा भएको छ भने नेपालको प्रतिद्वन्द्वी युगान्डा टिम आइतबार राति काठमाडौं आइपुगेकाे छ ।

पाँच खेलका सिरिजमा लागि नेपाली टिमको घोषणा भइसकेको छ । यो पटक क्यानले सिनियर टिममा केहि परिवर्तन गरेको छ । नेपाली महिला क्रिकेट टिमले अन्तिमपटक सन् २०१९ को सागमा पोखरामा प्रतियोगिता खेलेको थियो । तर कीर्तिपुर मैदानमा नेपाली महिला टिमले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । 

प्रतिक्रिया