शनिबार, जेठ ५, २०८१

६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालले गरे सगरमाथाको सफल आरोहण

नेपालखोज २०७९ जेठ २ गते १३:०७

काठमाडौं । वरिष्ठ अधिवक्ता विष्णु भुसालले सगरमाथाको सफल आरोहण गरेका छन् । ६२ वर्षीय भुसाल आज (सोमबार) बिहान साढे ७ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् ।

विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अपिल गर्दै उनले सगरमाथा आरोहण गरेका हुन् । नेपाल बार एसोसिएसनको लोगो अंकित झन्डासहित उनी वैशाख २ मा सगरमाथा आरोहणमा गएका थिए । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानुनमा स्नातकोत्तर भुसालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूमा कानुनविद्का रूपमा कार्य गर्दै आएका छन् ।

अर्घाखाँची स्थायी घर भएका भुसाल अहिले काठमाडौंको बाँसबारीमा बस्दै आएका छन् । उनकी छोरी डा. प्रीतिले पनि चार दिनअघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

प्रतिक्रिया