मंगलबार, जेठ १, २०८१

बालेन्द्र पछ्याउँदै केशव र सिर्जना, बन्यो ३,५५२ मतको अन्तर

नेपालखोज २०७९ जेठ २ गते १७:२९
Ballen Keshav Sirjena

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ७,५३४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । स्थापितले ३,९८२ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन तीन हजार पाँच सय ५२ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३,४८६ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा सुनीता डंगोलले ६,३४६ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १,६९० र राप्रपाका मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र सुमन सायमीले २८१ र विवेकशीलकी समीक्षा बास्कोटाले २३ मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा राप्रपाकी विनीता मगैयाले १३४५ र कीर्ति कंसाकरले ३५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया